‘बच्चाको बुवा को हो’ भन्दै प्रश्न गरेका फ्यानका लागि नुसरतले सार्वजनिक गरिन् यस्तो भिडियो, उनै हुन् बच्चाका बुवा ?

एजेन्सी । टीएमसी सांसद र बंगाली अभिनेत्री नुसरत जहाँले बच्चा जन्माएपछि अहिले बलिउड र भारतीय फिल्म क्षेत्रमा हलचल भएको छ । उनी विवाहित भएपनि पतिसंग अलग भएर बसेकी थिइन् । सन् २००१९ मा उनले श्रीमानवाट अलग हुने निर्णय गरेको सार्वजनिक गरेकी थिइन् । तर उनी हालै आमा बनेकी छिन् उनले दोस्रो विवाह गरेको कुरा पनि खुलेको छैन ।
सार्वजनिक रुपमा कसैसंगको प्रेम पनि अभिब्यक्त गरेकी छैनन् । तर अचानक उनी आमा बनेपछि बलिउडमा तरंग उत्पन्न भएको हो । उनी गर्भावस्था देखि नै लगातार चर्चामा छन्। नुसरत स्वदेश फर्किए पछि फेरी सामाजिक सञ्जालमा सक्रिय छिन्। भर्खरै उनले एउटा भिडियो सेयर गरीन्। यस भिडियोमा उनको साथमा प्रेमी यश दासगुप्ता पनि देखिएका छन्।
यो भिडियो हेरेर भनिएको छ कि नुसरतले उनी र यश को प्रेम सार्वजनिक रुपमा प्रकट गरिएको छ । उनले मेरो सन्तानका पिता यिनै हुन् भनेर चिनाउन खोजेको अनुमान गरिएको छ । यद्धपी त्यसमा पनि उनीहरुले केही अभिब्यक्त भने गरेका छैनन् । फ्यान पेज बाट सेयर गरिएको भिडियो को क्याप्शन थियो, ‘यशानको जन्ममा बधाई छ यशरत। हामीले हाम्रो सन्तानको एक झलक अझै पाएका छैनौं त्यसैले मैले तपाइँ दुबै को लागी यो छोटो भिडियो सन्देश बनाएको छु। नुसरत को प्रशंसकहरु बाट यशानलाई धेरै माया।’