Logo

सिद्धार्थ शुक्लाको पार्थिव शरीर अस्पतालबाट निकाल्ने तयारी, भिड थाम्न प्रहरीलाई हम्मे हम्मे



एजेन्सी । रियलिटी शो ‘बिग बोस–१३’का विजेता सिद्धार्थ शुक्लाको हृदयघातका कारण बिहीबार निधन भएको छ। भारतीय टेलिभिजनका प्रसारित कयौं सिरियलमा गायकको भूमिकामा रहेका सिद्धार्थको बिहीबार बिहान ४० वर्षको उमेरमा निधन भएको हो।

अभिनेता शुक्लाको पार्थिव शरीर अस्पताल बाट निकाल्ने तयारी गरिएको छ । उनको अन्तिम संस्कारको लागि अहिले कूपर अस्पतालको बाहिर एम्बुलेंस र स्ट्रेचरममा फुलमाला सजाउन थालिएको छ । उनको हिन्दु संस्कार अनुसार अन्तिम दाहासंस्कार गरिने बतार्ईएको छ । अस्पतालमा सिद्धार्थको भिड नियन्त्रण गर्न भारतीय प्रहरीलाई हम्मे हम्मे परेको छ ।

बुधवार राती सुत्नु अघि केही औषधि खाएका थिए, तर भोलिपल्ट बिहान उनी उठ्न सकेनन्। उनलाई अस्पताल लगिएपछि मृत्यु भएको पुष्टि भयो। शुक्लाको पो स्ट मार्टम गरियो प्रहरीअनुसार सिद्धार्थ बिहीबार बिहान ३ः३० बजे उठे। उनले आफ्नी आमालाई भने, ‘आमा मेरो छाती र टाउको दुखेको छ ।’ आमाले उनलाई पानी दिइन् र आराम गर्न भनिन् ।

भोलिपल्ट बिहान अभिनेताकी आमा रीता शुक्लाले उनलाई उठाउने प्रयास गरिन्। तर, उनी सफल हुन सकिनन्। आमाले छोरीलाई बोलाइन्। छोरी र ज्वाईले सिद्धार्थलाई मुम्बईको कपुर अस्पताल लगे, जहाँ उनलाई डाक्टरहरुले मृ त घोषित गरे। एम्बुलेन्समा, सिद्धार्थ बिहान ९ः४० मा कपुर अस्पताल ल्याइयो। यस समयमा, दिदी, भिनाजु, नातेदार भाई र तीन साथीहरु उनी संग थिए। लगभग १० बजेर १५ मिनेटमा डाक्टरले उनलाई मृ त घोषित गरे।

करोडौं फ्यान फलोइङ कमाएका अभिनेता सिद्धार्थ शुक्ला पछिल्लो समय आफ्नो करियरको शिखरमा थिए। कयौं टिभी शो र फिल्महरुमा काम गरिसकेका सिद्धार्थले टिभी सिरियल ‘बालिका बधु’बाट रातारात चर्चा कमाएका थिए। त्यसो त अभिनेता सिद्धार्थले आफ्नो मृत्यु भन्दा ६ दिन पहिले मात्रै पनि मानव जीवनको बारेमा कुराकानी गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता