Logo

शिल्पा शेट्टीकी बहिनी शमिताले राकेशलाई भनिन्, ‘यता आउ अनि मलाई चुम्बन गर, त्यसपछि ….’



एजेन्स बिग बोस ओटीटीमा अभिनेत्री शिल्पा शेट्टीकी बहिनी शमिता शेट्टी र राकेश बापतको जोडीले धेरैको मन जितेको छ ।
बिग बोसको हरेक एपिसोडमा प्रतिष्पर्धीहरु बीचको केमेस्ट्री सबैभन्दा धेरै हाईलाइटमा आउने गर्छ ।

यो वर्षको बिग बोस ओटीटीमा राकेश र शमिताको एकअर्काबीचको कनेक्शन निकै चर्चामा छ । राकेशले शमितालाई निकै ख्याल गर्ने गर्छन् । उनीहरुको दोस्तीलाई धेरैले ध्यानपूर्वक पनि हेरेका छन् ।

शोको नयाँ प्रोमो सार्वजनिक भएको छ । जसमा शमिता शेट्टीले राकेशलाई गालामा चुम्बन गर्न आग्रह गरिरहेकी छन् । शमिताको उक्त आग्रहलाई राकेशले स्वीकार गरेका छन् । राकेशले यसका लागि सधैँ तत्पर रहेको बताएका छन् ।

प्रोमोको भिडियोमा शमिता खाना खाइरहेकी हुन्छिन् । त्यहीँ राकेश माइक्रोवेभमा खाना तताइरहेका हुन्छन् । त्यहाँ शमिता भन्छिन्, ‘खाना पूरै तातो नबनाउ, नत्र खेर जान्छ ।’ जवाफमा राकेश भन्छन्, ‘अरु केही रु’

राकेशको जवाफपछि शमिताले केहीबेर राकेशलाई घुरेर हेर्छिन् । त्यसपछि भन्छिन्, ‘तिमीलाई केही समस्या छ रु म यस्तो गर्दिन ।’ त्यसपछि राकेशले केही समस्या नभएको बताउँछन् । र, अरु पनि केही भन्न मन लागे भन भनेर आग्रह गर्छन् ।

त्यसपछि मुस्कुराउँदै शमिता शेट्टी भन्छिन्, ‘यता आउ, र मलाई अहिले नै चुम्बन गर ।’ राकेश तुरुन्त शमितालाई चुम्बन गर्छन् ।

अर्को समाचार
पसलको अनुगमन गरे । विरलै मात्र हुने गरेको बजार अनुगमन महामारी र निषेधाज्ञाले ठप्पप्रायः थियो । लामो अन्तरालमा गत हप्ता भएको अनुगमनका क्रममा अनुगमनकर्ताले उपभोक्ता मारमा पर्ने धेरै उदाहरण भने फेला पारे ।

बिक्री गर्ने सामग्री सधैँ तराजुमा एकातर्फ राखी तौल लिई बिक्री गर्ने र यस क्रममा निर्धारित तौलभन्दा कम मात्रै सामग्री उपभोक्तालाई दिने गरेको पाइएको थियो । कतिपय प्याकिङ गरिएका सामग्री निर्धारित तौल कम भएका तथा तराजुमा समेत नियमविपरीत कम तौललाई बढी मानी बिक्री गर्ने कार्यले उपभोक्ता ठगिन

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता