Logo

सलमान खानलाई विमानस्थलमा रोकेर चर्चामा आएका सुरक्षा अधिकारीको मोवाइल जफत, के हो कारण  ?



एजेन्सी । बलिउडका सुपरस्टार सलमान खानलाई विमानस्थलमा रोक्ने एकजना सुरक्षाअधिकारी सामाजिक सञ्जालमा चर्चित भए । सलमान टाइगर ३ को छायाँकनका लागि देश वाहिर जान लागेको बेला विमानस्थलमा उनलाई सुरक्षाकर्मीले चेकजाँचका लागि रोकेका थिए । टाइगर थ्री सिरिजको तेस्रो फिल्म हो जसमा सलमान कट्रिना कैफसँग पुनः देखिनेछन् ।

सो फिल्मको छायाँकनका लागि उनी विदेश जान लागेको बेला सो घटना भएको थियो । सो घटना पछि अहिले सुरक्षाकर्मीको मोवाइल जफत गरिएको छ । सार्वजनिक भएको भिडियोमा ड्युटीमा तैनाथ सीआईएसएफ जवानले सलमान खानलाई रोकेका थिए र आइडेन्टिटी भेरिफिकेशन गराउन भने ।

सेलिब्रिटी फोटोग्राफर विरल भियानीले यो घटनाको एउटा भिडियो सेयर गरेका थिए, यो सोसल मिडियामा भाइरल भइरहेको छ र मानिसहरु सोसल मिडियामा सुरक्षाकर्मी ड्युटीमा सक्रिय भएको भन्दै प्रशंसा गरिरहेका छन् । तर यसैबीच सीआईएसएफ जवान सोमनाथ मोहन्तीको मोबाइल फोन जफत गरिएको छ ।

वास्तवमा यस्तो यसकारण गरियो ताकि अब सोमनाथ यो मु द्दा मा मिडियासँग कुराकानी गर्न नसकून् । भारतीय मिडिया न्यूज१८ मा प्रकाशित रिपोर्टका अनुसार ती अधिकारीले सलमान खानलाई विमानस्थलमा रोकेको विषयमा सोमनाथ मोहन्तीले मिडियासँग कुराकानी गरेका थिए ।

अधिकारीका अनुसार यो प्रोटोकलको उल्लंघन हो । सोमनाथ मोहन्ती अब कुनै मिडियासँग कुराकानी गर्न नसकून् भन्नका लागि उनको मोबाइल जफत गरिएको छ । स्मरण रहोस्, टाइगर थ्रीको सुटिङका लागि रुस जान लागेका सलमान खानलाई सोमनाथ मोहंतीले विमानस्थलमा कागजातपत्र प्रमाणिकरणका लागि रोकेका थिए । प्रवेश गर्नु अघि सीआईएसएफ जवानले सुपरस्टारलाई आफ्नो कागजात देखाउन भनेका थिए ।

यो घटनाको भिडियो सोसल मिडियामा तीब्र रुपमा भाइरल हुन थाल्यो । त्यसपछि सोमनाथ मोहंतीको चौतर्फी तारिफ हुन थाल्यो । स्मरण रहोस्, ठूला स्टार्ससँग उनको समूह पनि यात्रा गर्छ जसका कारण कागजपत्र प्रमाणिकरणको काम पनि त्यहि समूहले गर्छन् ताकि कलाकार कुनै रोकटोक बिना नै प्रवेश गर्न सकून् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता