Logo

टिकटकमा नयाँ फिचर, अब किशोर किशोरीहरुको निन्द्रा मज्जाले पुग्छ



 

एजेन्सी । अहिले सबैभन्दा बढी डाउनलोड हुने एपमा टिकटक पुगेको छ । खासगरी युवामा बढी लोकप्रिय टिकटकले आफ्नो फिचरमा धेरै परिवर्तन ल्याएको छ । सामाजिक सञ्जालको अत्याधिक प्रयोगका कारण किशोर किशोरी बढी प्रभावित भएको र त्यसले नकारात्मक असर गरेको गुनासो आइरहेका बेला किशोरावस्ताकाहरुको लागि लक्षित केही फिचर टिकटकले परिवर्तन गरेको हो ।

एक नयाँ फिचर अनुसार अब १३ देखि १५ वर्ष उमेर समूहका टिकटक प्रयोगकर्ताले रातको ९ बजेपछि अर्को बिहानसम्म टिकटकमा पुस नोटिफिकेसन प्राप्त गर्ने छैनन् । जसका कारण अबेर राती सम्म टिकटक चलाएर बस्ने किशारावस्ताकाहरुले अब टिकटक चलाउन पाउने छैनन् ।

त्यस्तै १६ देखि १७ वर्षसम्मका प्रयोगकर्ताले रातको १० बजेदेखि अर्को बिहानसम्म टिकटकमा पुस नोटिफिकेसन प्राप्त गर्नेछैनन् । यसले किशोरावस्थाका प्रयोगकर्तालाई रातको समयमा पनि टिकटकमा झुण्डिरहनबाट रोक्ने टिकटकले अपेक्षा गरेको छ ।

सामाजिक सञ्जालमा धेरै भुल्ने किशोरावस्ताकाहरुको अध्ययन, आराम तथा निद्रामा असर गरिरहेको तर्फ ध्यान केन्द्रित गर्दै टिकटकले यस्तो फिचर ल्याउन लागेको हो । साथै टिकटकले आफ्नो डिफल्ट सेटिङमा पनि परिवर्तन गरेको छ । जस अनुसार १६ र १७ वर्षका प्रयोगकर्ताका लागि डाइरेक्ट मेसेज फिचर डिफल्ट रुपमा निस्क्रिय बनाइरहेको हुन्छ । यदि सो उमेर समूहका प्रयोगकर्ताले डाइरेक्ट मेसेज फिचर पनि चलाउन चाहेमा आफैले उक्त फिचर अन गर्नुपर्दछ ।

यसअघि १६ वर्षसम्मका प्रयोगकर्ताका लागि भने डाइरेक्ट मेसेज फिचर टिकटकले निस्क्रिय बनाइसकेको छ । अब १६ र १७ वर्षका प्रयोगकर्ताले पनि डिएम चलाउन चाहेमा आफैंले अर्को शेयरिङ अप्सनमा स्वीच गर्नुपर्दछ ।

कम उमेरका प्रयोगकर्ताहरुमा सकारात्मक डिजिटल व्यवहारको विकास गर्न चाहेको टिकटकले जनाएको छ । अब १६ वर्षभन्दा मुनिका प्रयोगकर्ताले टिकटकमा भिडियो पोस्ट गर्न लाग्दा उनीहरुको भिडियो कस कसलाई देखाउने भन्ने कुराको छनोट गर्नुपर्ने हुन्छ । त्यसमा आफ्ना फलोअर्स, केवल साथीहरु मात्र तथा आफैंले मात्र भन्ने विकल्प हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता