Logo

बिग बोस ओटीटी  : टास्क जित्नका लागि नेहाले रिद्धिमालाई गरिन् ‘लिप किस’



एजेन्सी । बिग बोसको अर्को नयाँ सिजन ‘बिग बोस ओटीटी’ चर्चामा आउन थालेको छ । सबै प्रतिस्पर्धीहरु एक अर्कालाई हराउन प्रतिस्पर्धा चल्न सुरु भएको छ । उनीहरु टास्क जित्नका लागि जुनसुकै हद पार गर्न तयार देखिएका छन् ।

टास्क जित्नकै लागि नेहा भासिन र रिद्धिमा पण्डितले ‘लिप किस’ गरेका छन् । उनीहरुले ध्यान भंग गर्नका लागि नै चुम्बन गरेका हुन् ।

टास्कको समयमा राकेशको टीम र प्रतिकको टिमबीच प्रतिष्पर्धा चलिरहेको थियो । जसमा राकेशको टिममा भएका सबै जनालाई आफ्नो स्थानमा उभिन र बाँकी प्रतिस्पर्धीहरुलार्ई उनीहरुको ध्यान भंग गर्न कोसिस गर्नुपर्ने थियो । उनीहरुको ध्यान भंग गर्नका लागि नै उनीहरुले किस गरेका हुन् ।

अक्षरा सिंहको ओठमा रातो खुर्सानीको पाउडर लगाइएको थियो भने मुस्कान जट्टानामाथि चिसो पानी खन्याइएको थियो । तर, नेहा भासिनले रिद्धिमाको ध्यान भंग गर्न ओठमा चुम्बन गरिदिइन् ।

नेहाले चुम्बन गरेपछि सबै प्रतिस्पर्धी आश्चर्यमा परे । तर, रिद्धिमा भने आफ्नो स्थानबाट एक पाइला पनि सरिनन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता