Logo

अथिया शेट्टीको प्रेमी राहुलले सुनिल शेट्टीलाई दिए जन्मदिनको विशेष उपहार



एजेन्सी, । बलिउडका चर्चित अभिनेता सुनील शट्टीको छोरी तथा अथिया शेट्टी क्रिक्रेटर केएल राहुलसँग अफेयरमा भएको समाचार चर्चामा छ । दुवैजनाले सामाजिक संजालमा एक अर्काको लागि रोचक पोस्ट गरिरहेका हुन्छन् ।

अथिया र राहुलले आफुहरु प्रेममा रहेको आधिकारीक रुपमा घोषणा भने हालसम्म गरेका छैनन् । तर, उनीहरु डेटमा रमाइरहेका छन् । यसैक्रममा अथियाका पिता सुनिल शेट्टीको जन्मदिनमा राहुलले बिशेष उपहार दिएका छन् ।

सुनीलले भर्खरै मात्र ११ अगष्टमा आफ्नो जन्मदिन मनाएका छन् । केएल राहुलले लर्ड्समा खेलेको टेस्ट म्याचमा शानदार प्रदर्शन गर्दै शतक बनाएका छन्। यस अवसरमा राहुलले सुनिललाई शतक लगाएर उपहार दिएका हुन् । म्याचको भिडियो शेयर गर्दै सुनीलले राहुलको तारिफ गरेका छन् । उनले क्याप्सनमा लेखेका छन्, ‘क्रिक्रेटमा मक्काको शतक । बधाई तथा आशिर्वाद बाबा ।’ सुनिलले अगाडी लेखेका छन्, ‘धन्यवाद मेरो जन्मदिनको गिफ्टको लागि ।’

सुनीलले गरेको यो पोस्ट सामाजिक संजालमा फ्यानहरुले धेरे मन पराउदै प्रतिक्रिया दिइरहेका छन् । केहीले त ससुरा जी खुश भन्दै प्रतिक्रिया पनि दिएका छन् ।
एक युर्जरले तपाईको छोरीको विवाह कहिले भयो रु भन्दै सुनीललाई प्रश्न गरेका छन् । अर्का युजर्सले ज्वाईले लगाए शतका भन्दै रमाइला प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता