Logo

शिल्पालाई पनि पक्राउ गर्न घरमै पुग्यो प्रहरी, उनका पति राज कहिले छुट्छन्  ?



एजेन्सी । बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा अनुसन्धानका क्रममा प्रहरी हिरासतमा छन् । उनलाई अ श्लि ल चलचित्र निमाएण गरेको अभियोग लागेको छ । यता अभिनेत्री शिल्पा पनि अप्ठेरोमा परेकी छन् । उनलाई पक्राउ गर्न प्रहरी शिल्पाको घरमै पुगेको छ । शिल्पा र उनकी आमालाई ठ गी को आरोपमा प्रहरीले पक्राउ गर्न लागेको हो ।

श्रीमानको घटनामा सोधपुछकै क्रममा रहेकी शिल्पालाई लखनउकी एक महिलाले करोडौं ठ गी गरेको आरोप लगाएकी छन् । ति महिलाको आरोपपछि मुम्बई र युपी प्रहरीले छानबिन सुरु गरेको छ । बुधबार दिउँसो अभिनेत्री शेट्टीको जुहुस्थित घरमा मुम्बई र युपी प्रहरी पुगेको तस्बिर सामाजिक सञ्जालमा छाएको छ ।

तस्बिरमा प्रहरीका केही अधिकारीहरु शिल्पाको बंगलाको भित्र गइरहेको देखिएको छ । यसैबीच, केही प्रहरी अधिकारी सूचना पनि साथमा लिएर आएका भारतीय सञ्चार माध्यममा उल्लेख छ ।

लखनउका विभूतिखण्ड प्रहरी स्टेशनमा ‘ओमेक्स हाइट्स’ निवासी ज्योत्सना चौहानले र हजरतगंज थानामा रोहित विर सिंहले शिल्पा शेट्टी र उनकी आमा सुनन्दा शेट्टीको विरुद्ध ठगी गरेको आरोप लगाउँदै उजुरी दर्ता गराएका छन् । हजरतजंग प्रहरीले सोधपुछका लागि दुवैलाई एक महिनाको सूचना जारी गरिदिएको छ ।

‘आयोसिस स्लिमिंग स्किन सैलुन र स्पा वेलनेस सेन्टर’ को ब्रान्च खोल्ने नाममा शिल्पा र सनन्दाको कम्पनीका मानिसहरुले दुई व्यक्तिहरुसँग करोडौँ ठगी गरेको आरोप लागेको हो । पैसा लिएर अभिनेत्री र उनकी आमाले आफ्नो कसम पूरा नगरेको र कम्पनी ओपनिङमा समेत शिल्पा नगएको उनीहरुमाथि आरोप छ ।

विभूतिखण्ड प्रहरीले सन् २०२० जुन १९ मा यस मामिलाको एफआइआर दर्ता गराएको थियो । यसमाथि कारबाही नभएपछि प्रहरीले सरुवा समेत भएको थियो ।

अभिनेत्री शिल्पा शेट्टी आयोसिस वेलनेस सेन्टर नामक एक फिटनेस चेन पनि चलाउँछिन्। शिल्पा शेट्टी यस कम्पनीकी अध्यक्ष हुन्, उनकी आमा सुनंदा निर्देशक हुन्। शिल्पा शेट्टी र उनकी आमाले वेलनेस सेन्टर शाखा खोल्ने नाममा दुई जनाबाट करोडौं रुपैयाँ लिएको आरोप छ। रकम लिएपछि पनि अभिनेत्री र उनकी आमाले आफ्नो वाचा पूरा गरेनन्, प्रतिबद्धता पूरा गरेनन्।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता