Logo

करीनाको अर्को छोराको नाम पनि मुगल बादशाहको नामबाट नै किन राखियो  ? 



फिल्म स्टार सैफ अली खान र करीना कपूरको दोस्रो सन्तानको नाम पनि मुगल बादशाहको नामबाट नै राखिएको छ । उनीहरुको दोस्रो छोराको नाम जहांगीर अली खान राखिएको हो । दोस्रो सन्तानको नाम जहांगीर राखिएको उनीहरुको पारिवारिक स्रोतले जनाएको छ । यद्यपि, नाम भने सैफ र करीनाले नै घोषणा गर्नेछन् ।

सैफ र परिवारका एक सदस्यले भारतीय पत्रिका दैनिक भास्करलाई भनेका छन्, ‘ छोरा सैफ र करीनाको हो । उनीहरुको नाम राख्ने अधिकार उनीहरुको नै हो । हामीलाई त पहिलो छोराको नाम तैमुर राख्दा वा दोस्रोको नाम जहांगीर राख्दा कुनै समस्या छैन ।’

उनले अगाडि भनेका छन्, ‘तैमुरको घरको नाम टिमटिम हो । जो निकै नै सुन्दर छ । अर्को छोराको नाम जेह हो । अब नामाकरण गर्दा भने जहांगीर राखिएको छ ।’

को हुन् जहांगीर  ?
मुगल बादशाह अकबरका छोरा सलीमको नाम नै जहांगीर थियो । जहांगीर एक पारसी शब्द हो । जसको अर्थ संसारभर राज गर्ने भन्ने बुझिन्छ । जहांगिरको वास्तविक नाम नुर उद दीन मोहम्मद सलीम थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता