Logo

चर्चित अभिनेता अनुपमको निधन



एजेन्सी । भारतले यो वर्ष धेरै राम्रा कलाकारहरु गुमाएको छ । आइतवार फेरी एक अर्का चर्चित अभिनेतालाई गुमाएको छ । चलचित्र र टेलिभिजन क्षेत्रका चर्चित अभिनेता अनुपम श्यामको ६३ वर्षको उमेरमा निधन भएको छ ।

मुम्बईको गोरेगाउँस्थित लाइफ लाइन अस्पतालमा उनको निधन भएको हो । किड्नीको समस्याको उपचार उनले लामो समय देखि गरिरहेका थिए । ‘मनकी आवाज प्रतिज्ञा’ सिरियलमा ठाकुर सज्जन सिंहको भूमिकाबाट उनी चर्चित बनेका थिए ।

चलचित्र निर्माता अशोक पण्डितले सामाजिक सञ्जालमार्फत उनको निधनको जानकारी दिएका छन् । पण्डितले चलचित्र र टिभी उद्योगलाई ठूलो क्षति पुगेको बताएका छन् ।

गत वर्ष अनुपम श्याम बिरामी भएपछि अस्पताल भर्ना भएका थिए । त्यसपछि उनको भाइले आर्थिक अवस्था कमजोर बनेको बताउँदै आर्थिक सहयोग माग गरेका थिए ।

अनुपम श्यामको जन्म सन् १९७५ मा उत्तर प्रदेशको प्रतापगढमा भएको थियो । उनी चलचित्रमा उनी धेरै नेगेटिभ रोलमा देखिन्थे । उनले स्लमडग मिलेनियर, ब्यान्डिट क्वीन, शक्ति, हल्लाबोल, पानसिंह तोमर, लगान, लज्जा, दु श्म न, सत्या आदि चलचित्रमा अभिनय गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता