Logo

बिग बोसबाट सलमान ‘आउट’ करण ‘होस्ट’



एजेन्सी । भारतकै चर्चित रियालिटी शो बिग बोस को नयाँ संस्करण शुरु हुने क्रममा रहेको छ । अब प्रदर्शन हुन लागेको बिग बोस १५ को नयाँ सिजनमा होस्ट परिवर्तन हुने भएको छ ।

हालसम्म शोको होस्ट अभिनेता सलमान खानले गर्दै आइरहेका थिए । अब यस शोमा होस्टको रुपमा निर्देशक करण जोहर आउने भएका छन् । अब प्रदर्शनमा आउने बिगबोसको सिजनमा करण देखिनेछन् ।

शोमा सलमान आउट र करण इन हुने भएपछि दर्शकहरु उत्साहित भएका छन् । भारतिय मिडियाका अनुसार यस शो अगष्ट ८ बाट बुट नामक एपमा प्रदर्शन हुने बताइएको छ । टिभीमा निकै चर्चित कार्यक्रम हो, बिग बोस । नेपालमा पनि यसका फलोअर्स कम छैनन् । यही कार्यक्रमको १५ औं सिजन सुरु हुन लागेको हो ।

करणले सलमानले भन्दा आफूले फरक तरिकाले शो सञ्चालन गर्ने जनाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। बिग बोस ६ हप्तासम्म ओटीटीमा रिलिज भइसकेपछि मात्रै १५ ओटा कार्यक्रम टेलिभिजनबाट प्रसारण हुनेछ। बिग बोसका फ्यानहरु यतिबेला कसले सबैभन्दा धेरै मनोरञ्जन दिने हुन् भन्ने उत्सुकतामा छन्। शो अगष्ट ८ बाट बुट नामक एपमा प्रदर्शन हुँदैछ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता