अभिनेत्री गरिमा पन्तलाई पुत्रीलाभ, यस्ता तस्बिर गरिन् सार्वजनिक

काठमाडौं । अभिनेत्री गरिमा पन्तलाई पुत्रीलाभ भएको छ । अभिनेत्री पन्तले आफ्नो सामाजिक सञ्जालमा मंगलबार आफूलाई पुत्रीलाभ भएको जानकारी दिएकी हुन् ।
अभिनेत्री गरिमा अहिले बेल्जियममा छिन् । अभिनेत्री गरिमाले आफू, छोरी र पति हरि थपलियासँगको तस्बिर राख्दै भनेकी छिन् ‘तिम्रो आगमनले हामी धन्य अनि भरिपूर्ण भएका छौं । छोरी प्रिषा, तिमीलाई यो सुन्दर धर्तीमा स्वागत ।
नायिकाहरू हिजोआज सन्तान जन्माउन लागेको र आमा बनेको खुसीयाली सार्वजनिक गर्न व्यस्त छन्। केही समयअघि नायिका प्रियंका कार्कीले आफ्ना श्रीमानसँगै गर्भवती अवस्थाको फोटो सार्वजनिक गरेकी थिइन् । उनले वेवी सावरको तस्बिर पनि सार्वजनिक पनि गरेकी छन् ।
अहिले नेपाली फिल्म उद्योगबाट निकै टाढा रहेकी अर्की नायिका गरिमा पन्तले प्रियंकाको पदचाप पछ्याउँदै आमा बन्न लागेको खुसी सार्वजनिक गरेकी थिइन् । उनले गर्भवती अवस्थाको फोटो सार्वजनिक गरेकी थिइन् । अमेरिकामा रहेकी गरिमाले आफू आमा बन्न लागेको सन्देश दिएकी थिइन्।
फोटोमा गरिमा पनि श्रीमानसँगै देखिएकी छिन्। गरिमा फिल्म क्षेत्र छोडेर अमेरिकामै आफ्ना श्रीमानसँग बस्दै आएकी छिन्। नयाँ वर्ष २०७८ को पूर्वसन्ध्यामा फोटो सार्वजनिक गर्दै गरिमाले आफु गर्भवती भएको सार्वजनिक गरेकी थिइन् । ‘सृष्टिबाट सृष्टिकर्ता, जीवनको अर्को सुन्दर अध्यायमा प्रवेश।’