Logo

रणवीर दीपिकाले कफ्यु लाग्नु अघि नै यसरी छाडे मुंबई



एजेन्सी । बलिउड चर्चित कलाकारहरु रणवीर सिंह र दीपिका पादुकोण उद्योगका सबैभन्दा आकर्षक र मायालु जोडी हुन् । दीपिका र रणवीर जता जान्छन् तेतै क्यामरा तेर्सिंन्छन् ।

कोरोना बढ्दै गएपछि महाराष्ट्र सरकारले १५ दिनको लागि कफ्र्यु लगाउने भएको छ । कफ्र्यु लगाउनु भन्दा पहिले नै यी जोडी मुंबई छोडेर बाहिर घुम्न निस्केका हुन् ।
एयरपोर्टमा भएको तस्वीरमा यी जोडीले एक अर्काको हात समातेर मुखमा मास्क लगाएका छन् । दीपिका–रणवीरको फिल्म ‘८३’ चाडै नै प्रदर्शन हुने भएको छ । कोरोनाको कारण नै फिल्म रिलिज मिति पछि सरेको हो ।
अर्को समाचार
कर्णाली प्रदेशसभाको सातौं अधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ । संसद सचिवालयका अनुसार शुक्रबार बस्ने बैठकका लागि छ वटा कार्यसूची तय गरिएको छ । बैठकको सुरुमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त संसद आव्हान सम्वन्धीको पत्र पढेर सुनाइने छ ।

त्यसपछि मन्त्रालयहरुको जिम्मेवारी हेरफेरको पत्र प्रस्तुत गरिने छ । तत्कालीन एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा दिएपछि मुख्यमन्त्री महेन्द्र शाहीले ती मन्त्रालयहरुको जिम्मेवारी हेरफेर गरेका छन् ।

बैठकमा तेस्रो कार्यसूचीमा धर्मराज रेग्मीको पद खाली भएको जानकारी गराइने उल्लेख छ । तत्कालीन माओवादी केन्द्रबाट दैलेख क्षेत्र नं। १ ‘क’बाट निर्वाचित सांसद रेग्मी एमालेमा प्रवेश गरेपछि सम्वन्धित दलले कारबाही गरेको छ ।

चौथो कार्यसूचीमा संसदमा प्रतिनिधित्व गर्ने चारवटै दलका एक–एक जना माननीयहरुले बोल्ने कार्यक्रम छ ।

संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुखहरुले बोलेपछि एक घण्टाका लागि संसद बैठक स्थगित हुनेछ । त्यसपछि मुख्यमन्त्री शाहीले प्रदेश लोकसेवा आयोग सम्वन्धिको संशोधन र प्रशासनिक कार्यविधि संशोधन सम्वन्धीका विधेयक प्रस्तुत गर्नेछन् ।

उक्त विधेयकहरु पारित भएपछि मुख्यमन्त्रीले विश्वासको मत लिने प्रक्रिया सुरु हुनेछ । ४० सदस्यीय कर्णाली प्रदेशसभाका सदस्य मध्ये माओवादी केन्द्रबाट निर्वाचित धर्मराज रेग्मी एमालेमा प्रवेश गरेपछि ३९ सदस्यीय बनेको छ । प्रदेशसभामा बहुमत पुर्‍याउनका लागि २० जना सांसदको आवश्यकता पर्छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता