Logo

११ अंकले घट्यो सेयर बजार, जलविद्युत कम्पनीहरूमा नाफा बुक गर्नेकाे चाप



बिहीबार सेयर बजारको परिसूचक नेप्से ११ अंकले घटेको छ। अघिल्लो दिन १६ सय अंकमा रहेको नेप्से यस दिन १ हजार ५८९ मा कायम भएको छ।

यस दिन कारोबार रकम पनि केही खुम्चिएको छ। अघिल्लो दिन ३ अर्ब बढीको कारोबार भएकोमा यस दिन २ अर्ब ८५ करोडको सेयर किनबेच भयो।

यस दिन विशेषतः जलविद्युत कम्पनीको सेयरमा नाफा बुक गर्नेको भीड बढ्यो। जसले गर्दा गुमाउनेमा पनि जलविद्युत कम्पनीका लगानीकर्ता नै अगाडि रहे।

अघिल्लो दिनसम्म जलविद्युतको सेयर खरिदतर्फ चाप बढेकोमा यस दिन बिक्री गर्नेमा एक्कासी चाप बढ्दा समग्र समूह ४४ अंकले घटेको छ।

त्यस्तै बैंकिङ समूह ८, ब्यापार २, होटल ३१, विकास बैंक २०, निर्जीवन बीमा समूह ७४, उत्पादन १३, अन्य ५ र जीवन बीमा समूह २४ अंकले घटे।

यस दिन फाइनान्स ३१ अंकले बढ्यो भने माइक्रोफाइनान्स १ अंकमुनि हरियो रह्यो।

अरुण काबेली, नेसनल हाइड्रोपावर, सानिमा माइ हाइड्रो कारोबारका आधारमा अगाडि रहे। ती कम्पनीको क्रमशः १२ करोड १० करोड र ८ करोड बराबरको सेयर कारोबार भयो।

अघिल्लो दिनसम्म बढेको जलविद्युत समूहमा यस दिन भने नाफा बुक गर्नका लागि बिक्री गर्नेको भीड बढ्यो।

त्यसकारण आज गुमाउनेमा पनि जलविद्युत कम्पनीका लगानीकर्ता नै अगाडि रहे। सबैभन्दा धेरै सेयर मूल्य घट्ने पाँच कम्पनीमा सबै जलविद्युत कम्पनी परेका छन्।

पञ्चकन्या माइ हाइड्रोको मूल्य ८. ३ प्रतिशत, पाँचथर पावरको ६. ८६, लिबर्टी इनर्जीको मूल्य ६. ७५ प्रतिशत, जोशी हाइड्रोको मूल्य ६.५७ र अरुण काबेलीको मूल्य ६. ३७ प्रतिशतले घट्यो।

त्यस्तै मल्टिपर्पोज फाइनान्सको मूल्य भने १० प्रतिशतले बढेको छ। कर्णाली विकास बैंक र समृद्धि फाइनान्सको मूल्य ९ प्रतिशत बढीले घट्यो।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता