नेपाल आयल निगमले पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटायो

काठमाण्डौं,जेठ २ । नेपाल आयल निगमले पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटाएको छ ।
इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलको मूल्यमा प्रति लिटर रु. ६.७५ र डिजेलको मूल्यमा प्रति लिटर रु. ५.०९ ले घटेर आएको छ । निगम सञ्चालक समितिको निर्णय अनुसार बिहीबार बिहानदेखि लागु हुने गरी साबिकको खुद्रा बिक्री मूल्यमा पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाइएको छ ।