Logo

एशियाली शेयर बजारसँगै नेप्सेमा पनि दोहोरो अंकको बृद्धि



काठमाडौं । सन् २०२० को अन्त्यसम्म विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले भ्याक्सीन उपलब्ध हुने समाचार आएसँगै सोमवार एशियाको प्रमुख शेयरबजारहरु उकालो लागेका छन् ।

त्यसैमा फेस्टिभ मुडमा निरन्तर घटिरहेको नेपाली शेयर बजार पनि सोमवार दोहोरो अंकले बढेको छ ।

सोमवार शेयरबजार परिसुचक नेप्से १३.५८ अंकले उकालो लाग्दै १५७०.३८ अंकको विन्दुमा बजार बन्द भएको छ । यस्तै क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि २.६२ अंकले उकालो लाग्दै ३०१.९० अंकको विन्दुमा सोमवारको कारोबार बन्द भएको छ ।

०.८७ प्रतिशतले बढेको बजारमा समुहगत परिसुचक मध्य ११ समुहको परिसुचक वृद्धि हुँदा व्यापार समुहको परिसुचक ०.१६ प्रतिशतले घटेको छ । बाँकि ११ समुहको परिसुचक मध्य जलविद्युत समुहको परिसुचक सर्वाधिक ३.३१ प्रतिशतले बढेको छ भने विकास बैंक, वित्त र र्निजिवन बीमा समुहको परिसुचक १ प्रतिशत भन्दा धेरैले बढेका छन् ।

सोमवार अपि पावर कम्पनी लिमिटेडको सर्वाधिक ४ करोड २ लाख ५३ हजार ८ सय ९१ रुपैयाँ बराबरको कारोबार हुदाँ नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडको सार्वधिक शेयर करोाबर भएको छ । उक्त कम्पनीको २ लाख ४५ हजार ६ सय ९४ कित्ता शेयर खरिदविक्रि भएको छ । कारोबार संख्याका आधारमा भने रिलायन्स लाइफ इन्स्योरेन्सको सर्वाधिक ८ सय २५ पटक कारोबार भएको छ ।

दोहोरो अंकले बढेको बजारमा ५ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेका छन् भने ५ कम्पनी मध्य ४ जलविद्युत कम्पनी रहेका छन् । सोमबार गनपति माइक्रोफाइनेन्सका लगानीकर्ताले सर्वाधिक १.९१ प्रतिशतले गुमाएका छन् ।

सोमवार १ सय ८९ कम्पनीको १५ हजार २ सय ९४ पटकको कारोबारमा ३२ लाख ६७ हजार ८ सय ६७ कित्ता शेयरको खरिद विक्रिहुँदा ९५ करोड ४६ लाख ५६ हजार १ सय ६ रुपैयाँ ९२ पैसा बराबरको कारोबार भएको छ ।

सोमवार कारोबारमा आएका कम्पनीमध्य १४० कम्पनीको शेयर मूल्य बढ्दा १० कम्पनीको शेयर मूल्य घटेको छ । बाँकि १५ कम्पनीको शेयर मूल्य भने स्थीर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता