Logo

१३ अंकले बढ्यो नेप्से



सोमबार सेयर बजारको परिसूचक नेप्से १३ अंकले बढेको छ। यस दिनको कारोबारपछि परिसूचक १ हजार ५७० अंकमा कायम भएको छ।

यस दिन कारोबार रकम भने १ अर्बमुनि खुम्चिएको छ। कुल १८९ कम्पनीको ९७ करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

यस दिन ब्यापार १. ६ अंकले घट्यो भने अरु सबै समूह बढेका छन्। बैंकिङ ७, होटल १४, विकास बैंक ३०, जलविद्युत ४३, फाइनान्स १६, निर्जीवन बीमा ९९, उत्पादन ७, अन्य ७, माइक्रोफाइनान्स १० तथा जीवन बीमा ५० अंकले बढेको छ।

जनरल इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ९.९ प्रतिशतले बढेको छ। युनियन हाइड्रोको मूल्य ९. ८ प्रतिशतले बढ्यो। घलेम्दी तथा अपि पावरको मूल्य पनि ९ प्रतिशत बढीले बढेको छ।

अपि पावरको सबैभन्दा धेरै ४ करोड रुपैयाँको कारोबार भएको छ। गणपति माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै १. ९१ प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता