Logo

न्यूयोर्कको हार्लेममा गो*ली चल्दा २१ बर्षिय युवकको मृ*त्यु, ८ घाइते



न्यूयोर्क,असार ७ । न्यूयोर्क शहरको छिमेकी शहर हार्लेममा सोमबार बिहान भएको गो*लीका*ण्डमा एक व्यक्तिको मृ*त्यु हुनुका साथै अन्य आठ जना घाइते भएको न्यूयोर्क शहर प्रहरीले जनाएका छन् ।

उक्त शहरको एफडीआर सडकको पैदल मार्गमा गोली हानेको खबर अधिकारीहरूले १२:४० बजे प्राप्त गरे पछि त्यहा पुगेका थिए । प्रहरीहरु त्यहा पुगे पछि पाँच जनालाई गोली लागेको पाएका थिए ।
उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको थियो । गो*ली लागेका अन्य चार जना पनि उपचारका लागि अस्पताल पुगेका प्रहरीले जनाएको छ । एक २१ वर्षीय पुरुषलाई अस्पतालमा मृ*त घोषित गरिएको प्रहरीले जनाएको छ भने घाइते हुनेमा अन्य ६ जना पुरुष र दुई महिला रहेका छन् ।

यस फादर्स डे (बुवाको मुख हेर्ने दिन )सप्ताहन्तमा मानिसहरू आफ्नो परिवारसँग रमाइलो गर्ने समय भएकोमा मनोरंजन गर्नु पर्ने थियो ,प्रहरी आयुक्त कीचान्त सेवेलले एक पत्रकार सम्मेलनमा भने।

अनुसन्धान चलिरहेको छ भने के कारणले गोलाबारी भयो भन्ने प्रहरीले बताएका छैनन ।

सम्भावित संदिग्धहरूको बारेमा जानकारी जारी गरिएको छैन, तर प्रहरीले ट्विटरमा घटनास्थलबाट बन्दुक बरामद भएको बताएको छ। अनुसन्धानको एक भागको रूपमा जनतासँग सुझावहरू मागेका छन ।

गत वर्षको तुलनामा यस वर्ष न्यूयोर्क शहरमा गोलाबारी ११% कम भएको छ । यसैगरी हत्याहरू १२ % मुनी झरेको छ तर अझै २०१२ पछि दोस्रो-उच्च स्तरमा रहेको एबिसीन्यूज ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता