मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा एउटा ट्रक त्रिशुली नदीमा खस्यो

चितवन,भदौ ३० गते चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा एउटा ट्रक त्रिशुली नदीमा खसेको छ।
ना ६ ख ६२८६ नम्बरको सो ट्रकका चालकसहित खसेको जिल्ला प्रहरी कार्यालय, चितवनका सूचना अधिकारी डिएसपी भेषराज रिजालले जानकारी दिए।
घटना बारेमा थप विवरण आउन बाँकी छ।