Logo

इन्जिनियरको चुनावमा कांग्रेस निकट सिडेनका उम्मेदवार निर्वाचित



काठमाण्डौ,भदौ ३० गते । इन्जिनियरहरुको संस्था नेपाल इन्जिनियर्स एसोसिएसनको अध्यक्षमा नेपाली कांग्रेस निकट सिडेनका उम्मेदवार सुवासचन्द्र बराल विजयी भएका छन् ।

उनले निकटम प्रतिद्वन्द्वी विष्णुप्रसाद पाण्डेलाई पराजित गर्दै विजयी भएका हुन् । बरालले ४ हजार ८४२ मत पाउँदा उनलाई पछ्याएका पाण्डेले २ हजार ८१० मत पाए । २५ सदस्यीय एसोसियसनको केन्द्रीय कार्यसमितिमा ३ जना मात्रै सिडेनबाहिरका विजयी भएका छन् । शक्रबार मतदान भएर आइतबार सकिएको मत गणनामा डेमोक्रेटिक इन्जिनियर्स समूहले केन्द्रीय कार्य समितिमा बहुमत बाजी मारेको हो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता