Logo

बागलुङमा सरकारी गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु



बाग्लुङ,भदौ २८ । बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीमा भएको सरकारी गाडी रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको भएको खुलेको छ । उक्त गाडीमा जनप्रतिनिधि र कर्मचारीहरु सवार थिए ।

रा १ झ २०० नम्बरको सरकारी गाडी आज बिहान पौने ९ बजेतिर सडकबाट करिब ३ सय मिटर तल खस्दा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र दुई पुरुष छन् । मृतकको सनाखत हुन बाँकी छ । घटनास्थलबाट एक जना घाइतेलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ ।

बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको जनप्रतिनिधि र कर्मचारी सवार सरकारी गाडी दुर्घटना भएको बताए । दुर्घटनास्थल अप्ठ्यारो भिरमा भएकाले शव निकाल्न पनि कठिन भइरहेको छ । गाडीमा को–को थिए र कति जना सवार थिए भन्ने पनि खुलेको छैन । दुर्घटनास्थलमा खोज तथा उद्धारका लागि नेपाली सेना र सशस्त्र प्रहरीको टोली खटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता