Logo

कर्णाली राजमार्ग पुनः अवरुद्ध



जुम्ला,भदौ २३ । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ ।

शनिबार रातिको अविरल वर्षाका कारण कर्णाली राजमार्गको सुर्खेत-जुम्ला सडकअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका-१ स्थित एसमोड र गगनेखोलामा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको हो ।

सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीका अनुसार अवरुद्ध राजमार्ग सञ्चालनको प्रयास जारी छ ।

गगनेखोलामा बारम्बार पहिरो खस्दा सडक अवरुद्ध हुने गरेको छ । राजमार्ग अवरुद्ध हुँदा जुम्ला, कालीकोट तथा मुगुबाट सुर्खेत, नेपालगञ्ज र काठमाडौँ जाने सवारीसाधनका यात्री अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता