Logo

कृषि मन्त्री अधिकारीले गरे प्रदेशका कृषि मन्त्रीहरूसँग छलफल



काठमाण्डौं,भदौ १९ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषि लगानी दशकमा उत्पादन र उत्पादकत्व वृद्धि गर्न सरकारी, निजी, सहकारी तथा विकास साझेदारको लगानी वृद्धि गरी व्यावसायिक खेतीका लागि युवा जनशक्तिलाई आकर्षित गर्न संघीय सरकारले काम अघि बढाएको बताएका छन् ।

प्रदेशका कृषि मन्त्रीहरूसँग मंगलबार मन्त्रालयमा राखिएको विषयगत समितिको बैठकमा मन्त्री अधिकारीले कृषि क्षेत्रको उत्पादन, उत्पादकत्व वृद्धि, आधुनिकीकरण, व्यवसायीकरण तथा बजारीकरणलाई जोड दिएर कार्यक्रम बनाउन प्रदेशका कृषि मन्त्रीलाई आग्रह गरेका हुन् ।

कृषि मन्त्रालयले त्यसको मार्गचित्र तयार गरी जानकारी दिँदै आफ्ना लागि आफैँ उत्पादन गर्ने र स्थानीय उत्पादनलाई संघीय, प्रदेश र स्थानीय सरकारले प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । उत्पादक र उपभोक्ताबिच रहेको खाडल हटाउन तीनै तहका सरकारहरूले पहल लिनुपर्नेमा जोड दिए ।

रैथाने उत्पादनहरूलाई मन्त्रालयले प्रोत्साहन गर्ने नीति बनाउने बताउँदै मन्त्री अधिकारी कृषि उपजहरूमा बढ्दो विषादीको प्रयोगप्रति पनि चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता