Logo

गोल्डेनगेटको दोश्रो जित



काठमाडौं, भदौ १८ गते । गोल्डेनगेट इन्टरनेसनल कलेजले प्रथम अन्तरकलेज छात्रा बास्केटबल प्रतियोगितामा मंगलबार लगातार दोश्रो जित हात पारेको छ ।
प्रोफेसनल एडुकेसन कन्सल्टेन्सी (पीइसी) द्वारा आयोजित प्रतियोगितामा गोल्डेनगेटले ट्रिटन इन्टरनेसनल कलेजलाई ४६–१८ ले सहजै पराजित ग¥यो । विजेताकी आयुशा महर्जनले १३ अंक जोडिन् । सुरुका तीन क्वाटरमा गोल्डेनगेटले ११–०, १४–० र १०–४ को अग्रता लियो । चौथो तथा अन्तिम क्वाटरमा गोल्डेनगेट ११–१४ ले पछि परेपनि जितलाई असर परेन ।

सानागाउँस्थित रोयल स्पोर्ट्स सेन्ट्रलको कोर्टमा भइरहेको प्रतियोगितामा रातो बंगला र ल्यान्डमार्क एकेडेमीले सफलता पाए ।
रातो बंगलाले ब्लु बर्डलाई २३–७ ले हरायो । रातो बंगलाकी समृद्धि शाहले १० स्कोर गरिन् । चारै क्वाटरमा अग्रता लिएको रातो बंगलाले क्रमशः ४–१, ९–४, ६–० र ४–२ को प्रदर्शन ग¥यो ।

ल्यान्डमार्कले कान्जिरोवामाथि २८–२५ को कठिन जित दर्ता ग¥यो । ल्यान्डमार्ककी मिका केसीले १६ अंक जोडिन् । ल्यान्डमार्कको पनि यो लगातार दोश्रो जित हो । ल्यान्डमार्कले पहिलो क्वाटरमा ६–२, दोश्रोमा २–११, तेश्रोमा १५–१ र चौथोमा ५–११ अंक जोड्यो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता