Logo

गजुरीमा पहिरो खस्यो पृथ्वीराजमार्ग प्रभावित



धादिङ,भदौ १७ । धादिङको गजुरीमा पहिरो खसेपछि पृथ्वीराजमार्ग प्रभावित भएको छ । गजुरी गाउँपालिका-६ बेल्खुस्थित सडकमा माथिबाट लेदोसहितको पहिरो खसेपछि सडक एकतर्फी मात्रै सञ्चालन भएको छ । बिहान ८ बजे सडकमा लेदो माटो खसेपछि सवारीसाधन आवागमन प्रभावित भएको ‍इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार अहिले सडकमा खसेको लेदो हटाउने काम भइरहेको छ । सुरक्षाकर्मी र सडक विभागको टोलीले डोजरको प्रयोग गरेर लेदो हटाइरहेको प्रहरीले जनाएको छ । सडक केही समयमै पूर्णरुपमा सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता