सशस्त्र क्लब का तीन खेलाडी सम्मानित
काठमाण्डौं,साउन ३१ । काभा महिला नेसन्स लिग च्याम्पियनशिपमा सहभागी भएका सशस्त्र प्रहरी बल (एपीएफ) क्लबका तीन जना खेलाडी सम्मानित भएका छन् ।
एपीएफले निरुता ठगुन्नालाई सिपाहीबाट विशेष बढुवा गर्दै सहायक हवल्दार बनाएको सङ्गठनले जनाएको छ । यस्तै एपीएफले निरुतासहित सरस्वती चाैधरी र कविता भट्टलाई पनि हिजाे नगद पुरस्कारसहित सम्मान पनि गरेको छ ।
निरुता पाँच वर्षअघि सशस्त्रमा आबद्ध भएकी थिइन् । सशस्त्रका महानिरीक्षक राजु अर्यालले तीन जना खेलाडीलाई पुरस्कारसहित सम्मान गर्नुभएकाे हाे ।
गएको हप्ता भएको फाइनलमा नेपाली टोली भारतसँग ३–२ काे सेटमा पराजित हुँदै प्रतियोगितामा उपविजेता भएको थियो ।