पहिरोले रोकेको बाटो खुल्यो

चितवन,साउन ३० । वर्षासँगै आएको पहिरोले अवरुद्ध भएको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका-३ को मौवाखोला र चुम्लिङटारमा पहिरो खस्दा अवरुद्ध भएको सडक दुईतर्फी नै सञ्चालनमा आएको प्रहरीले जनाएको छ । पहिरो खसेपछि राजमार्ग बिहान ७ बजेदेखि नै अवरुद्ध भएको थियो । सडक खुलेपछि जाममा परेका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।