परराष्ट्रमन्त्री राणा र भारतीय विदेश सचिवबीच भेटवार्ता
काठमाण्डौं,साउन २८ । परराष्ट्रमन्त्री डा. आरजु राणा र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीबीच शिष्टाचार भेटवार्ता भएको छ ।
मन्त्रालयमा सोमबार भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्धका विविध पक्षका साथै आयोजना, आर्थिक एवं विकास सहायता लगायतका विषयमा छलफल भएको थियो । वार्ताका क्रममा मन्त्री राणाले नेपाल भारत ‘एयर कनेक्टिभिटी’ बढाउन नेपाललाई थप हवाई रुटको उपलब्धताका लागि सचिव मिश्रीमार्फत भारतसँग कुरा उठाएकी छन् ।
भेटका क्रममा राणाले नेपाल र भारतका सीमा क्षेत्र हुँदै आयात हुने तरकारी तथा फलफूलको गुणस्तर मापनसम्बन्धी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्न भारतको पहलका लागि पनि कुरा उठाएको पराष्ट्र मन्त्रालयले जनाएको छ ।