बंगलादेशका सेना प्रमुखले अन्तरिम सरकार बनाउने घोषणा
ढाका,साउन २१ । सेना प्रमुख जनरल वकार–उज–जमानले प्रधानमन्त्री शेख हसिनाले सत्ताबाट राजीनामा दिएपछि अन्तरिम सरकार गठन हुने बताएका छन् ।
प्रधानसेनापति जनरल वकार–उज–जमानले सोमबार (अगस्ट ५) पत्रकार सम्मेलन गरी सो जानकारी दिएका हुन् ।
सेना प्रमुखले भने, ‘जनताको जीवन र सम्पत्तिको जिम्मेवारी लिएको छु । तपाईं निराश हुनुहुने छैन। तपाईका सबै माग पूरा हुनेछन्।
सेनालाई आशा जगाउन आह्वान गर्दै प्रधानसेनापतिले भने, ‘हामीलाई साथ दिनुहोस् । आन्दोलनमा जति हत्या भएका छन्, हरेक हत्याको न्याय हुनेछ । हरेक अन्यायको न्याय हुनेछ।
सेना प्रमुखले जनतालाई भने, ‘देशमा शान्ति सुरक्षा कायम गरौं । मलाई विश्वास गर्नुहोस्,लडाइँ गरेर केही पाउने छैनौं । द्वन्द्व रोकेर हामी मिलेर सुन्दर देश बनाऔं ।
कुनै राजनीतिक दलसँग भेट भयो भन्ने पत्रकारको प्रश्नमा जवाफमा दिंदै प्रधानसेनापतिले भने, ‘बिएनपी, जनता पार्टी र जमात–ए–इस्लामीसँग भेट भएको थियो । बैठकमा शिक्षक अफिस नजरुल र जोनायत साकी पनि उपस्थित रहेका थिए ।
जनरल वकार-उज-जमानले भने, ‘हामी अब बंगवभान जानेछौं। अन्तरिम सरकार गठनबारे विस्तृत छलफल हुनेछ । उनले विद्यार्थीहरूलाई शान्त रहन सल्लाह दिए।
यसअघि सोमबार दिउँसो बङ्ला समय २ः३० बजे शेख हसिनाले बंगभवनबाट सैनिक हेलिकोप्टरमा उडेका थिए । त्यतिबेला उनकी बहिनी शेख रेहाना पनि उनीसँगै थिइन् ।
यसैबीच समाचार एजेन्सी एएफपीले शेख हसिना र उनकी बहिनी शेख रेहाना सुरक्षित स्थानमा गएको जनाएको छ।