Logo

हिंसात्मक प्रदर्शनपछि देश छोडेकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भारतको अगरतलमा



ढाका,साउन २१ । हिंसात्मक प्रदर्शनपछि देश छोडेकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भारतको त्रिपुरा राज्यको राजधानी अगरतल पुगेकी छन् । प्रदर्शनकारीहरूले प्रधानमन्त्री हसिनाको सरकारी आवासमा ढुंगामुडा गरेपछि शेख र उनको बाहिनी बंगलादेश छाडेर अगरतल पुगेकाे हाे । हसिनाको टोली सुरक्षित स्थानमा गएको बीबीसी हिन्दीले जनाएको छ ।

आज राजधानी ढाकामा प्रहरी र प्रदर्शनकारीबिच भएको झडपमा कम्तिमा ६ जनाको मृत्यु भएको छ । जात्राबारी र ढाका मेडिकल कलेज क्षेत्रमा भएको प्रदर्शनमा सो मृत्यु भएको हो । कर्फ्युको वेवास्ता गर्दै दशौं हजार बंगलादेशीहरू सडकमा उत्रिएका छन् ।

विद्यार्थी आन्दोलनको क्रममा बंगलादेशमा अहिलेसम्म कम्तिमा ३०० जनाको मृत्यु भइसकेको छ । आन्दोलन दबाउन गएको महिना सरकारले सेनालाई बोलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता