Logo

बरिष्ठ लोक गायिका कोमल ओलीको ‘साथी सङ्गी’ बोलको तीज गीत भिडियो सार्वजनिक (भिडियो सहित )



काठमाण्डौं,साउन १५ । बरिष्ठ लोक गायिका कोमल ओलीको ‘साथी सङ्गी’ बोलको तीज गीतको भिडियो युट्युबमा सार्वजनिक भएको छ । गीतमा भोजराज खतिवडाको शब्द,कमल खत्रीको संगीत र कोमल ओली को स्वर रहेको छ ।

भिडियोमा कोमल ओली,मेलिना मैनाली,प्रज्ञा ओली र सरिता श्री ज्ञवालीले अभिनय गरेका छन् । त्यस्तै पवन सुस्लिङ्गले छायांकन सम्पादन गरेका छन् भने कोमल ओली ले निर्देशन गरेकी छिन् ।

तीज गीतको पछील्ला गीतहरु दुइअर्थ लाग्ने र अश्लील देखिने भिडियो बनेपछी दर्शकहरुमा तीज गीत प्रति नकारात्मक प्रभाव परेको बेला यो गीतले राहत दिएको देखिन्छ । शब्द,लय र संगीतले लोकपनलाई छर्लङ्ग उजागर गरेको छ । भिडियोलाई कमल खत्री युट्युब च्यानल मार्फत हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता