Logo

जीवन रक्षक तालिम शुरु



काठमाण्डौं,साउन १३ । नेपाल पौडी संघले आयोजना गरेको जीवन रक्षक तालिम एक कार्यक्रम बीच आजबाट शुरु भएको छ । अन्तर्राष्ट्रिय खेलकुद परिसरको पौडी पोखरी सातदोबाटो ललितपुरमा संचालन भइरहेको उक्त तालिम मा ४ महिला र ५३ पुरुष गरि ५७ जना प्रशिक्षार्थी सहभागी छन् ।

संघले निरन्तर २०० मिटर पौडी खेल्न सक्ने प्रशिक्षार्थीलाई मात्र प्रशिक्षण गराउन गरिएको कौशल परीक्षणमा तीन जना सहभागीहरु सफल हुन सकेनन् ।

तालिमको औपचारिक उद्घाटन गर्नु हुँदै राष्ट्रिय खेलकुद परिषदका निमित्त सदस्य सचिव अन्जन धमलाले तालिमले दक्ष जीवन रक्षकको उत्पादन संगै पौडी पोखरीहरुमा हुने दुर्घटनाबाट मानवीय क्षतिमा न्यूनीकरण हुने विश्वास व्यक्त गर्नुभयो ।

उद्घाटन कार्यक्रममा नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले तालिमको महत्व र आवश्यकता बारेमा मन्तब्य दिनु भएको थियो ।

तालिम २०८१ श्रावण १९ गते सम्म संचालन हुने संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता