Logo

गुरुपुर्णिमाको अवसरमा बरिष्ठ अभिनेत्री मिथिलाले गरिन गुरुहरूको सम्मानमा पुरस्कार प्रदान



काठमाण्डौं,साउन ६ । बरिष्ठ अभिनेत्री तथा कुशल नृत्य कलाकार मिथिला शर्मा बोहराले आफ्नो नृत्य र अभिनय करियरका गुरुहरूलाई गुरु दक्षिणास्वरुप उनीहरूको नाममा पुरस्कार स्थापना गरी नगद राशिसहित कलाकर्मीलाई प्रदान गरेकी छन्।

शर्माले आइतवार गुरु पुर्णिमाको अवसर पारेर राजधानीमा एक कार्यक्रम आयोजना गरि सो पुरस्कार प्रदान गरेकी हुन्। नेपाल प्रज्ञा प्रष्ठिानमा सम्पन्न कार्यक्रममा मिथिलाले आफ्ना गुरु संगीत साधक स्व. गोपाल योञ्जनको नाममा स्थापित गोपाल योञ्जन संगीत साधना पुरस्कार संगीतकार शिला बहादुर मोक्तानलाई प्रदान गरिएको छ।

त्यसै गरी फिल्म लेखक, निर्देशक तथा गीतकार स्व.चेतन कार्कीको नाममा स्थापित चेतन कार्की गीती वाङमय पुरस्कार गीतकार श्रीपुरुष ढकाललाई प्रदान गरिएको छ। त्यस्तै हास्य जोडी स्व.राजपाल थापा र स्व.ध्रुवरत्न हाडाको नाममा स्थापित हाडा एण्ड पाल हास्य वाङमय पुरस्कार हास्यव्यग्य जोडी मह अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई प्रदान गरिएको छ।

स्वास्थ्य अवस्थाका कारण कार्यक्रममा सहभागी हुन नसकेका हरिवंशको पुरस्कार भने उनका छोरा मोहित आचार्यले ग्रहण गरेका थिए। समारोहमा पुरस्कार प्रमूख अतिथी पूर्व प्रहरी महानिरिक्षक दूर्लभ कुमार थापा, अभिनेता नीर शाह, अभिनेत्रीहरु बसुन्धरा भूसाल, चैत्यदेवी, मिथिला शर्मा, गोपाल योञ्जनकी पत्नी रिन्छेन योञ्जन, चेतन कार्कीकी पत्नी गंगा कार्की, ध्रुवरत्न हाडाकी पत्नी मोहीनी हाडा र राजपाल थापाको छोरा कपिल थापालगायतले सम्मान प्रदान गरेका थिए।

कार्यक्रममा नेपाल प्रहरी कलाकारको तर्फबाट गुरु वन्दना नृत्यले स्वागत गरेका थिए। समारोहमा पूर्व प्रहरी महानिरिक्षक दूर्ल कुमार थापाले पूर्व प्रहरी कलाकारहरुको संगठन नेपाल पूर्व प्रहरी कलाकार संघको उद्धघाटन गरेका थिए। संघमा क्षेत्रबहादुर गुरुङ संस्थापक संरक्षक, मिथिला शर्मा बोहरा वरिष्ठ सल्लाहकार र रामबहादुर थापा संस्थापक अध्यक्ष रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता