Logo

८ सय नेपाली विद्यार्थीले बंगलादेश छोडे, समस्यामा परेकाले अनलाइन आवेदन दिनसक्ने



काठमाण्डौं,साउन ६ । आन्दोलनको चपेटामा परेको बंगलादेशबाट शनिवारसम्म करिब ८ सय नेपाली विद्यार्थी नेपाल प्रस्थान गरेका छन् । हवाइ तथा भूमार्ग भएर ती विद्यार्थीहरूले बंगलादेश छोडेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

तीमध्ये अधिकांश विद्यार्थीलाई राजधानी ढाकासम्म ल्याएर नेपाल पठाउन वा सम्बन्धित सीमामा पठाउन ढाकास्थित नेपाली दूतावासले समन्वय गरेको पनि परराष्ट्र मन्त्रालयले शनिवार साँझ बताएको छ ।

‘नेपाली दूतावास बंगलादेशस्थित विश्वविद्यालयहरु, सम्बन्धित निकायहरु तथा कानून कार्यान्वयन गर्ने एजेन्सीहरुसँग समन्वय गरिरहेको छ, नेपाल सरकार बंगलादेशमा रहेका नेपाली विद्यार्थीको सुरक्षाको प्रत्याभूति दिलाउन प्रतिबद्ध छ,’ मन्त्रालयले भनेको छ ।

यसैबीच परराष्ट्र मन्त्रालयले समस्यामा रहेका नेपाली विद्यार्थी वा उनीहरुका अभिभावकले अनलाइन आवेदन दिन सक्ने प्रणाली शुरु गरेको छ । समस्यामा परेका नेपाली विद्यार्थी तथा अभिभावक एवंम् आफन्तहरूले आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि मन्त्रालयले स्थापना गरेको लिङ्कमा गएर अनलाइन निवेदन दिन मन्त्रालयले अनुरोध गरेको छ ।

निवेदन बंगलादेशबाट मात्रै होइन आफन्ताहरुले नेपालबाट दिन सक्ने परराष्ट्रले जनाएको छ । https://legal.nepalconsular.gov.np/passport गएर आवश्यक विवरण भरी फर्म सबमिट गरेर जानकारी गराउन सकिने परराष्ट्रले जनाएको छ । साथै, देहायबमोजिमका व्यक्तिहरूलाई प्रत्यक्ष सम्पर्क गरेर पनि जानकारी गराउन सकिने परराष्ट्रले जनाएको छ ।

परराष्ट्र मन्त्रालयकाठमाडौंमा महेश्वरमणि त्रिपाठीलाक्ई फोन नं. +९७७९८५११६६९८७ र  इमेलः [email protected] मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ ।

त्यस्तै नेपाली राजदूतावासढाकामा द्वितीय सचिव  योजना बम्जनलाई फोन नं. +८८०१८८०६९१०१३ र इमेल [email protected] र [email protected] तथा  रिया क्षेत्रीलाई फोन नं. +८८०१७४५४०७९५८ र ईमेलः  [email protected] सम्पर्कगरी आवश्यक जानकारी दिन सकिने मन्त्रालयले जनाएको छ ।

साथै , बङ्गलादेशबाट हालसालै नेपाल फर्किएका वा अब फर्कने नेपाली विद्यार्थीहरूले आफ्नो नाम, राहदानी नं. एवं आफू अध्ययनरत विश्वविद्यालय, कलेज वा शैक्षिक संस्थाको नाम र ठेगाना तथा अहिले नेपाल आएको मिति समेतको विवरण देहायको इमेल मार्फत् परराष्ट्र मन्त्रालयमा जानकारी गराइदिन पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता