Logo

प्रधानमन्त्री केपी शर्मा ओली लाई राप्रपाले विश्वासको मत नदिने



काठमाण्डौं,साउन ५ । सरकारबाट माओवादी र रास्वपा बाहिरिएपछी बनेको एमाले कांग्रेसको नयाँ समिकरणका प्रधानमन्त्री केपी शर्मा ओली लाई राप्रपाले विश्वासको मत नदिने भएको छ ।

शनिबार बसेको राप्रपाको निर्देशन समितिको बैठकले सो निर्णय गरेको हो । बैठकले प्रधानमन्त्रीले मागेको विश्वासको मतको विपक्षमा मतदान गर्नु उपयुक्त हुने ठहर गरेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले बताए । प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने कार्यसूची रहेको छ ।

‘राप्रपाले वर्तमान संविधानले काम गर्दैन भनिरहेको परिस्थितिमा संविधान संशोधनको एजेन्डा सहित मूलतः नेपाली कांग्रेस र नेकपा (एमाले) ले निर्माण गरेको नयाँ सरकारलाई प्रारम्भिक रूपमा सकारात्मक हिसाबले लिएको भए पनि तत्पश्चात्का सम्पूर्ण गतिविधिहरूको विश्लेषण गर्दा, राप्रपाले आइतबार संसद्मा प्रधानमन्त्रीले माग्नुभएको विश्वासको मतको विपक्षमा मतदान गर्नु उपयुक्त हुने ठहर गरेको छ,’ पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता