Logo

भक्तपुर जिल्ला अदालतबाट १३ वर्ष ९६ वर्ष कैद भुक्तान भएन



सन्जिब दुलाल, भक्तपुर,साउन ५ । भक्तपुर जिल्ला अदालतबाट १३ सय ९६ वर्ष ६ महिना ३ दिन कैद तथा जरिवाना भुक्तान बाँकी रहेको पाइएको छ ।
भक्तपुर जिल्ला अदालतको तहसिलको अभिलेख अनुसार फैसला कार्यान्वयन अन्तर्गत १३ सय ९६ वर्ष ६ महिना ६ महिना ३ दिन कैद भुक्तान हुन बाँकी रहेको हो ।
भक्तपुर जिल्ला अदालतमा अघिल्लो आर्थिक वर्ष २०७९ ८० बाट १३ सय १० वर्ष ५ महिना १४ दिन कैद भुक्तान बाँकी रहेको र यो वर्ष ६ सय २५ वर्ष ११ महिना ११ दिन कैद फैसला भएकोमा ५सय ३९ वर्ष १० महिना १२ दिन मात्र फर्छ्यौट भएको तहसिलदार भवानी शङ्कर घिमिरेले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार जरिवाना तर्फ भने अघिल्लो आर्थिक वर्षबाट २५ करोड ५० लाख ३ हजार ३ सय २४ रुपैंया जिम्मेवारी सरेर आएको थियो भने यो वर्ष ४६ करोड ९२ लाख ७९ हजार १ सय ७ जरिवाना फैसला भई जम्मा ७२ करोड ४२ लाख ८२ हजार ४ सय ३१ जरिवाना उठाउन बाँकी रहेकोमा आर्थिक वर्ष २०८० ८१ मा १० करोड ६१ लाख ९८ हजार ७ सय ५९ रुपैंया फटर्यौट भएको उहाँले जानकारी दिनुभयो । यस्तै उहाँका अनुसार अव जरिवाना तर्फ ६१ करोड ८० लाख ८३ हजार ६सय ७२ रुपैंया जरिवाना उठाउन बाँकी रहेको समेत घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार फैसला कार्यान्वयनको निवेदन तर्फ अघिल्लो वर्षको जिम्मेवारी सरेर आएको ५ सय ८५ लगतमा ४सय ९२ फर्छ्यौट गरी बाँकी ९६ रहेको तथा नयाँ दर्ता तर्फ ७ सय ३८ मा २ सय ५१ फर्छ्यौट भएको र ४ सय ८७ बाँकी रहेको समेत जानकारी दिनुभयो । तहसिलदार घिमिरेका अनुसार आर्थिक वर्ष २०८० ८१ मा कुल ५६.१६ प्रतिशत फैसला कार्यान्वयन भएको समेत जानकारी दिनुभएको हो ।

यस्तै क्षतिपूर्ति तर्फ भने अघिल्लो आर्थिक वर्षको जिम्मेवारी सरेर आएको ५४ लाख ३६ हजार ३ सय ५८ रुपैंया रहेको यो वर्ष ८ लाख ६० हजार ५ सय क्षतिपूर्तिको फैसला भएकोमा वर्ष भरीमा जम्मा ६ लाख ८७ हजार २ सय मात्र फर्छ्यौट भएको थियो । आगामी वर्षको लागि जिम्मेवारी सरेको क्षतिपूर्तितर्फ ५६ लाख ९९ हजार १ सय ५८ रहेको तहसिलदार घिमिरेले जानकारी दिनुभयो ।

अदालतको फैसला कार्यान्वयनमा स्थानीय निकाय जिल्ला प्रशासन र प्रहरीको भुमिक महत्त्वपूर्ण हुने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता