कांग्रेसले डाक्यो केन्द्रीय समितिको बैठक

काठमाण्डौं,साउन ३ । नेपाली कांग्रेसले यही साउन २३ गते केन्द्रीय समितिको बैठक बोलाएको छ ।
बिहीबार मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक सूचना जारी गरी २३ साउनको दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्ने जानकारी दिएका छन् । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरुलाई बोलाइएको छ ।