नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय राजदूत नवीन श्रीवास्तव बिच भेटवार्ता

काठमाण्डौं,साउन १ । नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर राणालाई राजदूत श्रीवास्तवले भेटेका हुन् । भेटका क्रममा श्रीवास्तवले बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएको बताइएको छ ।
भारतीय राजदूतले आजै उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई पनि भेटवार्ता गरेर बधाई तथा शुभकामना दिएका थिए ।