Logo

प्रधानमन्त्री दाहाल ले सिमताल बस दुर्घटना बारे लिए जानकारी



काठमाडौ,असार ३० ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान तीनवटा सुरक्षा अंगका प्रमुखलाई आफ्नो निजि निवास खुमलटारमा भेटेर सिमलताल बस दुर्घटना पछिको खोजी कार्यको पछिल्लो अवस्थाको जानकारी लिनुका साथै सबै उपायहरूको अबलम्बन गरि खोजी कार्यलाई अझै तिब्रता दिन निर्देशन गर्नु भएको छ।

साथै, सिमलताल लगायत देशभरका दुर्घटनामा जोखिम मोलेर खोज, राहत र उद्दारमा संलग्न सुरक्षाकर्मीलाई धन्यवाद व्यक्त गर्नु भएको छ।

उक्त अवसरमा उहाँले सिमलताल लगायत देशका विभिन्न भागमा बाढी, पहिरो,डुबान लगायतका प्राकृतिक विपत्तिको कारण भएको जनधनको क्षतिप्रति दुख व्यक्त गर्दै देशको राजनैतिक परिस्थिति जे जस्तो भएतापनि देशको स्थायी सरकारको रुपमा रहेको कर्मचारीतन्त्र र सुरक्षा निकायले अविचलित र अभिछिन्नरुपमा जनताको सेवामा लागि पर्न आग्रह गर्नु भएको छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता