Logo

सर्ट फिल्म ‘लपता सन्तान’ को फर्स्ट लुक पोस्टर सार्वजनिक



काठमाण्डौं,असार २५ । रामरो इन्टरटेनमेन्टले आनन्दराज प्रोडक्सनसँगको सहकार्यमा आफ्नो आगामी डकुमेन्ट्री सर्ट फिल्म ‘लपता सन्तान’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरेको छ । रामजी ज्ञवालीद्वारा लिखित, निर्देशन र निर्माण गरिएको यो फिल्मले बेपत्ता बालबालिकाको मार्मिक विषयवस्तुको खोजी गरेको मनन गर्न सकिन्छ ।

पोस्टरमा मुख्य कलाकार रश्मी भट्ट, ओजस्वी विक्रम विष्ट, आशिष पराजुली, सबिना राउत, निलम भट्ट, मनिष पी निरौला लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्मको ट्यागलाइनले आफ्ना हराएका छोराछोरीलाई खोज्ने अभिभावकहरूको हृदयविदारक कथालाई हाइलाइट गरेको झल्को दिएपनि निर्माण टिमले फिल्मको कथा भने सार्वजनिक गरेको छैन । यद्यपि, यस प्रोजेक्टमा केहि गोप्य छ भन्ने संकेत पोस्टरबाट प्राप्त गर्न सकिन्छ।

रामजी ज्ञवालीले केही वर्षयता डकुमेन्ट्री, डकुमेन्ट्री सर्ट फिल्म र म्युजिक भिडियो निर्माण गर्दै आएका छन् । उनको पटकथा र निर्देशनमा केही समयअघि रित्तो गाँउ नामक डकुमेन्ट्री सर्ट फिल्म बनेको थियो । तर, युट्युबमा भने सार्वजनिक भएको छैन । यसअघि ज्ञवालीले डार्क मुन, एक लभर, आराध्या, हनिमुन जस्ता सर्ट फिल्म निर्माण गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता