Logo

साउथ एशियन ट्राभल अवार्ड्स (साटा) को आठौं संस्करण काठमाण्डौंमा हुने



काठमाण्डौं,असार २४ ।’साउथ एशियन ट्राभल अवार्ड्स (साटा) को आठौं संस्करण काठमाण्डौंमा हुने भएको छ । सोमबार नेपाल पर्यटनबोर्डको सभाहलमा नेपाल पर्यटन बोर्ड र होटल एसोसिएसन अफ नेपाल (हान) को सहयोगमा यो कार्यक्रम नेपालमा आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिए ।

साउथ एशियन ट्राभल अवार्ड्स (SATA) ले साउथ एशिया क्षेत्रभरी आतिथ्य क्षेत्रमा उत्कृष्टता लाई मनाउँदै र सम्मान गर्दै आइरहेको आयोजकले जनाएको छ ।

यसको थप समर्थन गर्न सन् २०२४ का लागि कार्यक्रमहरूको सूची सार्वजनिक भईसकेको पनि भनेको छ । साटाको ८औं संस्करण रहेको र जसले दक्षिण एसियाली आतिथ्यतामा उत्कृष्ट उपलब्धिहरूलाई मान्यता दिँदै आएको जनाएको छ ।

आगामी सेप्टेम्बर १९ मा द मल्ल होटलमा पहिलो चरणको कार्यक्रम हुने र सेप्टेम्बर २० मा अलोफ्ट होटेलमा दोस्रो तथा अन्तिम चरणको कार्यक्रमको आयोजना गरिने बताइएको छ । कार्यक्रममा करिब ४०० सय भन्दा बढी ब्यावसायीहरुको सहभागिता रहने छ । सो मध्य ४० प्रतियोगीहरुलाई उत्कृष्ट आतिथ्यताले पुरस्कृत गरिने  पत्रकार सम्मेलनमा जानकारी दिए ।

साटाको अघिल्लो संस्करण माउन्ट ल्याभिनिया, अड्डु सिटी, मुम्बई, गाले सिटी, माले ‘एटोल, र बेंगलुरुमा आयोजित थियो ।

साटा ले कोविड- १९ काे समयमा उत्कृष्टता मनाउने प्रतिबद्धता प्रदर्शन गर्दै भर्चुवल माध्यामबाट पनि संचालन गरी मनाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता