Logo

एपीएफ र सुदूरपश्चिमलाई बास्केटबल उपाधि



काठमाडौं, असार २४ गते । नेपाल एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले पारा तथा विशेष खेलकुदअन्तर्गत व्हीलचेयर बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । एपीएफ पुरुष तथा सुदूरपश्चिम महिलामा च्याम्पियन बने ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपाल स्पाइनल कोर्ड इन्जुरी खेलकुद संघको व्यवस्थापनमा अत्तरखेलस्थित बौद्ध इन्टरनेसनल स्कुलको इन्डोर हलमा भएको पुरुष फाइनलमा एपीएफले बागमती प्रदेशलाई ३९–२० ले पराजित गर्‍यो । गण्डकी प्रदेशले सुदूरपश्चिमलाई २६–१६ ले हराउदै तेश्रो भयो ।
महिलाको उपाधि भिडन्तमा सुदूरपश्चिमले कोशी प्रदेशलाई १५–१० ले पाखा लगायो । लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई १२–८ ले पन्छ्याउदै तेश्रो बन्यो ।

विजेतालाई राखेपकी सदस्य एवं प्रतियोगिता संयोजक पेमा डोल्मा लामा, नेपाल स्पाइनल कोर्ड इन्जुरी खेलकुद संघकी अध्यक्ष देवी आचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता