Logo

ISF कार्यकारी सदस्य राज कुमार कार्की फ्रान्स प्रस्थान



काठमाडौं, असार १७ गते । जुलाई २, २०२४ मा Lille, France मा हुने Olympic Torch Relay मा सहभागिता जनाउन नेपाल विद्यालय खेलकुद महासंघका महासचिव एवम् ISF कार्यकारी सदस्य राज कुमार कार्की फ्रान्स गर्नु भएको छ ।

International School Sport Federation (ISF) को तर्फबाट अध्यक्ष Laurent Petrynka (फ्रान्स), ISF कार्यकारी सदस्य राज कुमार कार्की (नेपाल) र School Sport Foundation का अध्यक्ष Roman Greba (युक्रेन)ले प्रतिनिधित्व गर्दैछन् ।

उक्त Olympic Torch Relay मा सहभागीता जनाउने सम्भवतः पहिलो नेपाली राज कुमार कार्की हुन् जुन नेपाली खेलकुद जगतको लागि मात्र नभई समग्र राष्ट्रको लागि गौरबको विषय पनि हो ।

सोही अवसरमा यही अक्टोबरमा मनामा, बहराइनमा हुने ISF Gymnasiade 2024/School Summer Olympics मा नेपालको सहभागिताका लागि आवश्यक सहयोग्, खेलकुद सामाग्री लगायतका विषयमा ISF का अध्यक्ष र School Sport Foundation का अध्यक्षका विच छलफल हुने विषय पनि जानकारी गराउनु भयो ।

उँहाले ISF का अध्यक्षलाई यस्तो स्वर्णिम अवसर प्रदान गरेकोमा विशेष धन्यवादका साथै आभार व्यक्त गर्नुभयो । साथै IOC र Olympic आयोजक राष्ट्र फ्रान्सलाई पनि धन्यवाद व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता