Logo

बाँकेमा अत्याधिक गर्मी बढेपछि श्री मदन बाबा भक्ति केन्द्रद्वारा चिसो पानी वितरण



बाँके,असार १४ । श्री मदन बाबा भक्ति केन्द्र बाँके जिल्ला समितिले बढ्दो गर्मिमा जलपान गराएर परोपकारी कार्य गरेकोछ । बाँके जिल्ला नेपालगंजमा अत्याधिक गर्मी बढेको समयमा राष्ट्रिय परिचयपत्र फारम भर्न जिल्ला प्रशासन कार्यालय बाँके नेपालगंज परिसरमा आउनुभएका बृद्धबृद्धा र सर्वसाधरणलाई चिसो पानी र बिस्कुट वितरण गरिएको हो ।

उक्त कार्यक्रमको शुभारम्भमा बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल र श्री मदन बाबा भक्ति केन्द्रका लुम्बिनी प्रदेश सदस्य सिता विसी बाँके जिल्ला अध्यक्ष गंगा न्यौपाने लगायतले बृद्ध, महिला र सर्वसाघारणलाई चिसो पानी र बिस्कुट वितरण गरि सम्उद्घाटन गर्नुभयो । एक दिवसीय जलपान कार्यक्रममा २५०-३०० जनालाई चिसो पानी, बिस्कुट वितरण गरिएको छ ।

उक्त कार्यक्रममा बाँके जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी लाल बहादुर गुरुङ्ग, नायब सुब्बा बेदेश्वर गौतम र कान्तिपुर टेलिभिजनका पत्रकार जे पाण्डे लगायतका प्रमुख व्यक्तित्वहरु उपस्थित हुनुभएकोथियो । बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले लामो लाईनमा दिनभरि बसेर गर्मिमा पानी प्यास लाग्दा चिसो पानी पिलाउनका निम्ति सहकार्य गर्नुभएकोमा श्री मदन बाबा भक्ति केन्द्र प्रति आभार प्रकट गर्दै अन्य संघसंस्थालाई पनि यस्तै परोपकारी कार्य गर्न इच्छा भएमा समन्वय गर्न आव्हान गर्नुभयो ।

श्री मदन बाबा भक्ति केन्द्र बाँके जिल्ला समितिका अध्यक्ष गंगा न्यौपानेले अनन्त परम्-उध्दारकर्ता संकटमोचन स्वरुप तत्वदर्शी श्रद्धेय सद्गुरुदेव श्री मदन बाबा ज्यूको अनुकम्पाले परोपकारी कार्य गर्ने अवसर प्राप्त भएकोछ । नेपालगंजमा अति नै गर्मि बढेको समयमा हामीले जति सकिन्छ जलपान गराएर सबैको कल्याण गर्न बाबाको कृपा प्राप्त भएको बताउदै यस कार्यमा आर्थिक तथा अन्य सहयोग गर्नुहुने सबै श्रीशम्भुहरुलाई धन्यबाद दिनुभयो ।

उक्त कार्यक्रममा भक्ति केन्द्रका लुम्बिनी प्रदेश उपाध्यक्ष बबिता राजभण्डारी, सदस्य सिता विसी, सदस्य मन्जु सुवेदी रिमाल, जिल्ला उपाध्यक्ष राधा शाह, सचिव सम्झना शाह, सदस्य सुमि चौधरी, सल्लाहकार पुर्णिमा हमाल, कोहलपुर नगर अध्यक्ष लिला गौतम, नेपालगंज नगर समिति उपाध्यक्ष दिपा ढकाल, कोषाध्यक्ष युगल राजभण्डारी, सदस्य मंगलीमाया श्रेष्ठ, बैधनाथ गाउँपालिका अध्यक्ष उषा खत्री लगायतका श्रीशम्भुहरु उपस्थित भै वितरण कार्यमा सहयोग गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता