Logo

काठमाण्डौंमा सडक विभाग र महानगरको द्वन्द, किल्ला कोर्दै बिभाग



काठमाण्डौं,असार १२ । काठमाडौंको मूल शहरी सडक छेउका पोलहरुमा सेतो रंग पोतेर ‘स. वि.’ लेखेको देख्नुभएको छ ? धेरैलाई यो किन लेखिएको हो र कसले लेखिरहेको छ भन्ने जिज्ञासा छ ।

पोलमा ‘स. वि.’ लेख्ने काम अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले गरिरहेको हो । सडक डिभिजन कार्यालय काठमाडौंले आफ्नो क्षेत्राधिकारभित्रका सडक छेउका पोलमा ‘सडक विभाग’ को संक्षिप्त रुप ‘स. वि.’ लेखिरहेको छ ।
डिभिजन प्रमुख नारायणदत्त भण्डारी जनतालाई सडक विभाग मातहतका सडकहरु कुन–कुन हुन् भन्ने थाहा दिन पोलमा ‘स. वि.’ लेखिएको बताउँछन् ।

‘यो लेखेपछि सडक कसको क्षेत्राधिकारभित्र पर्ने रहेछ भन्ने जनतालाई छुट्याउन सहज हुन्छ’, उनले भने, ‘सडक बिग्रेको र बनेको जस अपसज सडक विभागले नै पाउँछ ।’


काठमाडौं महानगरपालिकाले सडक विभाग अन्तर्गतको सडक बिग्रँदा र समयमै मर्मत नहुँदा आफूमाथि अपजस आएको दाबी गर्दै आएको छ । सडक विभाग माहतहतका कतिपय सडकहरु चुस्त राखेको जस भने काठमाडौं महानगरपालिका र मेयर बालेनले पाउने गरेको डिभिजन सडक कार्यालयको बुझाइ छ ।

डिभिजन प्रमुख भण्डारी भन्छन्, ‘हामीसँग त कुन–कुन सडक सडक विभाग अन्तरगतको भन्ने विवरण छन्, जनतालाई पनि थाहा होस् भनेर पनि ‘स. वि.’ लेखिरहेका छौं ।’

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता