Logo

राष्ट्रिय पौडी यसै महिना



काठमाण्डौं,असार १० । विश्व एक्वेटिक्स दिवसका अवसरमा नेपाल पौडी संघले प्रथम नेपाल एक्वेटिक्स प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता असार २२ देखि २३ गतेसम्म हुनेछ ।

प्रतियोगितामा खुला र उमेरसमूहमा गरी जम्मा ६५ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका सचिव गंगालाल गोलेले जनाएका छन् । सट कोर्स प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता रहने बताइएको छ ।

राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीलाई ५ हजार नगदबाट पुरस्कृत गरिने छ । सहभागिताका लागि अनलाइन दर्ता खुला भइसकेको सचिव गोलेले बताए ।

खेलहरु सातदोबाटोस्थित हिटिङ पौडी पोखरी खेलाइने छ । गत बैशाख ८ गते पौडी संघको नयाँ केन्द्रीय कार्यसमिति चयन भएपछि संघको यो पहिलो प्रतियोगिता हो ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता