Logo

सिमा क्षेत्रको अवैद्य व्यापार नियन्त्रणमा प्रभावकारी भुमिका बनाउने : स.प्र.ना.म.नि. धौवजी



वीरगंज,असार १० । सशस्त्र प्रहरी बल छिनमस्ता बाहिनी मधेश प्रदेशका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक कालीदास धौवजीले सीमा क्षेत्रलाई व्यवस्थित र अवैद्य व्यापार नियन्त्रणमा सशस्त्र प्रहरीको भुमिका प्रभावकारी बनाउने बताउनु भएको छ ।

वीरगंज उद्योग वाणिज्य संघले आयोजना गरेको भेटघाट कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक धौवजीले आफुले कार्यभार सम्हालेको एक साता मात्र भएको बताउदै सीमा क्षेत्रलाई व्यवस्थित र अवैद्य व्यापार नियन्त्रणमा भुमिका प्रभावकारी बनाउने तर्फ आफ्नो पहल हुने बताउनु भयो ।

वीरगंज उद्योग बाणिज्य संघका तर्फबाट अध्यक्ष अनिल कुमार अग्रवालले ध्यानाकर्षण गराएका विषय बस्तु बारे प्रतिकृया दिंदै उहाले धेरैजसो बिषयहरु नीतिगत रुपमा परिमार्जन र संशोधन गर्नु पर्ने आवश्यकता रहेको भए पनि दैनिक कार्य सम्पादनलाई नागरिक मैत्री बनाउन सशस्त्र प्रहरीले आफ्नो भुमिका खर्चिने बताउनु भयो ।
प्रहरी नायब महानिरीक्षक धौवजीले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइने, राजश्व अभिबृद्धिका लागि अवैद्य व्यापार नियन्त्रण गर्ने लगायतका बिषयहरु हाम्रो प्राथमिकतामा रहेको बताउदै वीरगंज उद्योग वाणिज्य संघ संग निरन्तर सम्वाद र छलफल गरिरहने बताउनु भयो ।

भेटघाटका क्रममा वीउवा संघका तर्फबाट अध्यक्ष अनिल कुमार अग्रवालले हाल कायम रहेको शान्ति सुव्यवस्थालाई स्थायित्वको लागि आग्रह गर्नुभयो ।
उहाले औद्योगिक कोरिडोरको सुरक्षाको लागि औद्योगिक सुरक्षा बल पुनः स्थापना गर्नुपर्ने, औद्योगिक कोरिडोरको लागि केमिकलयुक्त वारुणयन्त्रको व्यवस्था गर्नुपर्ने लगायतका सुझाव दिनुभयो ।

अध्यक्ष अग्रवालले वीरगंज उद्योग वाणिज्य संघ सदैव बैद्य व्यापारको प्रवर्द्धन र अवैद्य व्यापार निरुतसाहीत हुनुपर्ने संस्थागत मान्यता राख्दै आईरहेको बताउनु भयो ।
उहाले पछिल्लो समयमा अन्तरसरकारी निकायहरु बीच समन्यको अभावका कारण नीति क्षेत्रले समस्या बेहोर्नु परिरहेको बताउदै सशस्त्र प्रहरी र अन्य नियाकम निकाय बीच आपसी सहकार्य र समन्वय हुनु पर्नेमा जोड दिनु भएको थियो ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम, उपाध्यक्षद्वय माधव राजपाल र मनोजकुमार दास, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, संघका कोषाध्यक्ष शिवजी प्रसाद कलवार, सचिव प्रेमचन्द्र गोयल, सह–कोषाध्यक्ष अनोज रुंगटा लगायत संघका पदाधिकारी तथा कार्यसमिती सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता