Logo

पारा तथा विशेष खेलकुद मंगलबारदेखि



काठमाडौं, असार ९ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा पारा तथा विशेष खेलकुद प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।
प्रतियोगितामा विभिन्न १३ खेलको प्रतिस्पर्धा हुने पारा तथा विशेष खेलकुद प्रतियोगिता व्यवस्थापन तथा सञ्चालन समितिकी संयोजक राखेपकी सदस्य पेमा डोल्मा लामाले जनाएकी छन् ।

एथलेटिक्स, व्ह्ीलचेयर बास्केटबल, बोसिया, क्रिकेट, साइक्लिङ, एम्पुटी फुटबल, दृष्टिविहीन गोलबल, जुडो, साउन्ड टेबलटेनिस, पारा टेबलटेनिस, पौडी र भारोत्तलनको प्रतिस्पर्धा हुनेछ । यि १३ खेल सम्बन्धित पारा खेल संस्थाको व्यवस्थापनमा उपत्यकाका विभिन्न स्थानमा हुने समितिका सचिव मिनकुमार शर्माले जानकारी गराए ।

मंगलबार प्रतियोगिताको औपचारिक उद्घाटन मात्र हुनेछ । १५ दिनभित्र सम्बन्धित संस्थाले आ–आफ्नो जिम्मेवारीमा परेको प्रतियोगिता आयोजना गरिसक्नु पर्नेछ । १२५ स्वर्ण, १२५ रजत र १४३ कांस्यका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता