Logo

हुम्लामा हक्की प्रतियोगिता सम्पन्न



हुम्ला,असार ६ । कर्णाली प्रदेसको हुम्ला जिल्लामा आयोजना भएको प्रथम जिल्ला स्तरीय महिला/ पुरुष हक्की प्रतियोगिता यही असार ४ र ५ गते सम्पन्न भएको छ ।

सो प्रतियोगितामा पुरुष तर्फ रानी सैना हक्की कल्ब,मानसरोबर हक्की कल्ब,पन्चमुखी हक्की कल्ब र चम्खेली हिमाल कल्ब सहाभागी रहेका थिए ।

प्रतियोगितामा रानी सैना हक्की कल्ब प्रथम,पन्चमुखीहक्की क्लब दोस्रो,चम्खेली हिमाल क्लब तेस्रो भएको थियो । त्यस्तै महिला तर्फ मानसरोवर हक्की क्लब,रानिसैना हक्की क्लब,पन्चमुखी हक्की क्लब,रलिङ्गा हक्की क्लब टिम सहभागी थिए भने उक्त खेलमा मानसरोबर हक्की क्लब पहिलो,रलिङ्गा हक्की क्लब दोस्रो र पन्चमुखी हक्की क्लब तेस्रो भएको थियो ।

विश्वको २९१० मिटर (९५५० फिट) उचाईमा हक्की प्रतियोगिता भएको पहिलो पटक हो ।

प्रतियोगितामा नेपाल हक्की सघका अध्यक्ष अनिल प्रसाद शर्मा हक्की मुख्य प्रशिक्षक बिजयन्त शर्मा र हक्की प्रशिक्षक रन्जन थापालाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता