Logo

राष्ट्रिय फेन्सिङमा आर्मी च्याम्पियन



काठमाडौ, असार ५ ।  नेपाल आर्मी छैटौं राष्ट्रिय फेन्सिङ प्रतियोगितामा बुधबार टिम च्याम्पियन बनेको छ । आर्मीले ६ स्वर्ण, २ रजत र ५ कांस्य जित्यो ।
नेपाल फेन्सिङ संघद्वारा आयोजित प्रतियोगितामा अर्को विभागीय टोली एपीएफ क्लब ५ स्वर्ण, ६ रजत र ५ कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको बागमती प्रदेशले १ स्वर्ण, १ रजत र ६ कांस्य हात पार्‍यो ।

प्रतियोगितामा बागमती, गण्डकी, कोशी र सुदूरपश्चिम प्रदेश तथा विभागीय टोली आर्मी र एपीएफ गरी ६ टिमको सहभागिता रहेको थियो । बाँकी प्रदेशले स्वर्ण नजिते पनि पदकविहीन भने भएनन् । गण्डकीले २ रजत र ४ कांस्य, सुदूरपश्चिमले १ रजत र ३ कांस्य तथा कोशीले १ कांस्य जिते ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको पुरुषमा आर्मीका उपेन्द्र शाही र महिलामा एपीएफकी अनित कार्की उत्कृष्ट खेलाडी घोषित भए । दुवैले जनही १० हजार नगद पुरस्कार पाए ।

विजेतालाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, सदस्य अन्जन धमला, आयोजक फेन्सिङ संघका अध्यक्ष सुनिल श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा १ सय १२ खेलाडीले १२ स्पर्धामा प्रतिस्पर्धा गरेको फेन्सिङ संघका महासचिव सुजनलाल श्रेष्ठले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता